तनहुँमा आज हुने भनिएको पल शाहको मुद्दाको सुनुवाइ स्थगित

तनहुँ | असोज २, २०७९

तनहुँमा आज हुने भनिएको पल शाहको मुद्दाको सुनुवाइ स्थगित तस्बिर फाइल

पोखरा : आज आइतबार तनहुुँ जिल्ला अदालतमा हुने भनिएको अभिनेता पल ( पूर्णविक्रम ) शाहको सुनुवाई स्थगित भएको छ । गोलाप्रथा गर्दा शाहको मुद्धाको सुनुवाई पहिलो नम्बरमा परेको थियो । 

 

तर न्यायाधीश हरिश्चन्द्र ढुंगाना काठमाडौंमा भएकाले सुनुवाइ स्थगित भएको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए । ‘न्यायाधीश अनुपस्थित भएपछि आजको सुनुवाइ स्थगित भयो । अर्को पेशीको मिति बेलुकासम्म आउँछ,’ वाग्लेले भने ।

 

शाह बलात्कार मुद्दाको पुर्पक्षका लागि अहिले तनहुँ कारागारमा छन् ।

 

सोही प्रकृतिको मुद्दामा गत साता नवलपुर जिल्ला अदालतले पललाई सफाइ दिए पनि बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद सजाय र १० लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।

 

नवलपुर अदालतको फैसलाको पूर्णपाठ आइसकेको छैन । फैसलाको पूर्णपाठ आउने बित्तिकै यसविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिने तयारी रहेको कानुन व्यवसायी वाग्लेले जानकारी दिए ।

पोखरा:   युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ ।   अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...

थप पढ्नुहोस्

पोखरा:  जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’  ...

थप पढ्नुहोस्

काठमाडौं:  गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।   चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो ।   इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्च...

थप पढ्नुहोस्